You are viewing the translated version of बिक्री वितरण तथा प्रदर्शनमा बन्देज.
Section 12
बिक्री वितरण तथा प्रदर्शनमा बन्देज
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले अठार वर्ष उमेर पूरा नभएको व्यक्तिलाई तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क वितरण गर्न वा गर्न लगाउन हुँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि बिक्रेताले कुनै क्रेताको उमेरको बारेमा यकिन हुन चाहेमा निजसँग आवश्यक प्रमाण माग गर्न सक्नेछ र त्यसरी माग गरेको प्रमाण देखाउन इन्कार गर्ने वा नदेखाउने व्यक्तिलाई तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री वितरण गर्न पाइने छैन।
(३) अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थको ढट्टा, प्याकेट वा बोतल सिलबन्दी वा बन्दी रुपमा बिक्री गर्नु पर्नेछ र त्यसलाई फोडी वा खोली खुल्ला रुपमा वा अर्को बट्टा वा भाँडोमा खन्याई वा राखी वा अन्य कुनै प्रकारले उत्पादन गर्दा प्याकेजिङ्ग गरिएकोभन्दा फरक रुपमा बिक्री गर्न सकिने छैन।
(४) अनुमतिपत्र प्राप्त व्यक्तिले बिक्री स्थलमा तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्रीको लागि राख्दा खरिदकर्ता वा अन्य व्यक्तिको सहज पहुँच नहुने गरी तथा त्यस्तो पदार्थको विशेष संरक्षण गरी राख्नु पर्नेछ।